दफा १५
विशेष अदालतले मागेको मिसिल वा मुद्दा सम्बन्धी लिखत वा जवाफ पठाउनु पर्ने
 विशेष अदालतले मुद्दामा प्रमाणको निमित्त आवश्यक कुन मिसिल, लिखत वा अन्य कुनै कुरा पेश गर्न वा पठाउन कुनै कार्यालयललाई आदेश दिएमा वा कुनै कुराको स्पष्टीकरण वा जवाफ मागेमा सो कार्यालयले मनासिब समयभित्र सो आदेशको पालन गर्नु पर्नेछ । कुनै कार्यालयले त्यस्तो आदेशको पालन नगरेकोले मुद्दाको कारबाही वा किनारा गर्न बाधा परेमा वा कुनै पक्षलाई अनुचित हैरानी वा प्रतिकूल असर परेमा विशेष अदालतले सम्बन्धित कार्यालयको प्रमुख वा कर्मचारीलाई पटकैपिच्छे पाँच शय रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
तर त्यसरी जरिबानाको आदेश भएपछि सम्बन्धित कार्यालय प्रमुख वा कर्मचारीले अदालतको आदेश पालन गर्न नसकेको कारण उल्लेख गरी सो जरिबाना हुन नपर्ने भनी निवेदन दिएमा र कारण सन्तोषजनक देखिएमा विशेष अदालतले त्यस्तो जरिबानाको आदेश रद्द गर्न सक्नेछ ।